Thursday, June 20, 2024

वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिम— वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडा अध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडा अध्यक्ष ओलीलाई मंगलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो ।

उनहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढंगले फँडानी गरेको आरोप छ ।

आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ परेका वडा अध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएका हुन् ।

spot_img

Hot Topics

Related Articles