सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुको पानीडाँडामै खानेपानीको हाहाकार भएकाे छ । झन्डै दुई वर्षदेखि खानेपानीकाे आपूर्ति बन्द भएपछि पानीडाँडा र खिप्लीका १६ घरपरिवार मर्कामा परेका छन् ।
स्थानीय ८२ वर्षीय निरकुमार बस्नेतले दैनिक दुई किलाेमिटर हिँडेर खानेपानीकाे जाेहाे गर्दै आएकाे गुनासाे गर्नुभयाे । बस्तुभाउका लागि तीन किलाेमिटर टाढाकाे इतल्कु खोलाको पानी बाेकेर ल्याउने गरेकाे अर्का स्थानीय मदन तामाङले बताउनु भयाे ।
सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोखरीमा लैजानुपर्दा पानीडाँडा क्षेत्रमा यस्ताे समस्या निम्तिएकाे जुबुका वडाध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो । समस्या समाधानका लागि पालिकास्तरीय खानेपानी बोर्डले वर्षात सकिएलगत्तै काम अघि बढाउने उहाँकाे भनाइ छ ।
पालिकाले केही दिनभित्र प्राविधिकसहितको टोली खटाउने उहाँले बताउनु भयाे ।