Saturday, July 13, 2024

सिन्धुपाल्चोकमा जीप दुर्घटना, २ को मृत्यु, ४ घाइते

सिन्धुपाल्चोक— दोलखाबाट काठमाडौं जाँदै गरेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका ५ किलो नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीप चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब ३ सय मिटर तल सडकमा जीप खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

spot_img

Hot Topics

Related Articles