Friday, May 16, 2025

सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला

सप्तरी – सप्तरीको खड्क नगरपालिकामा एक युवकको बोरामा फालिएको अवस्थामा शव भेटिएको छ ।

खडक नगरपालिकाको वडा नम्बर ११ बनोलि स्थित निजी पोखरीमा अन्दाजी २२ वर्षका एक युवक मोहम्मद अजिमको शव बोरामा हालेर फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । गएको भदौ २१ गते मोहम्मद गाउँ नजिकैको जन्माष्टमी मेला हेर्न गएको बेला अचानक बेपता भएका थिए ।  

घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles