काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
शिक्षक प्रशासन समन्वय शाखाले आइतबार यही भदौ ३१ गतेभित्र सोको विवरण पठाउन निर्देशन दिएको हो ।
निर्देशन पत्रमा भनिएको छ,‘२०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रूपमा तपसिल बमोजिमको तोकिएकै ढाँचामा तयार गरी २०८०/५/३१ गतेभित्र सोको हार्ड र सफ्ट कपी विवरण पठाउनु हुन निर्देशानुसार अनुरोध छ ।’