Thursday, April 18, 2024

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । 

जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

spot_img

Hot Topics

Related Articles