Monday, March 24, 2025

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

काठमाण्डौ – मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको ज्यान गएको छ ।

वीरेन्द्रनगर – ३ को गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार छन् । मोटरसाइकलको नम्बर नखुलेकाले चालकको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

spot_img

Hot Topics

Related Articles