सिन्धुली – मानव बेचबिखन बिरुद्धको अभियानमा हाम्रो दायित्व र प्रयास कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
“सामजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूलन” भन्ने नाराका साथ १७ औँ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अवसरमा कमलामाई नगरपालिका तथा माइती नेपालको सहकार्यमा कार्यक्रम भएको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति सिन्धुली र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजना तथा प्रमूख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला समन्वय समितिको उपप्रमुख सान्ता कार्कि,कमालामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, सुनकोशी गाउँपालिकाको अध्यक्ष दिपा बोहरा,गोलन्जोर गाउँपालिकाको अध्यक्ष शंकर राज बराल, फिक्कल गाउँपालिकाको अध्यक्ष पार्वती सुनुवार, कार्यालय सुनकोशी गाउँपालिकाको उपाध्यक्ष राजु बराल, तीनपाटन गाउँपालिकाको उपाध्यक्ष धनबहादुर पुलामी, तथा प्रतिनिधि एवम् विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी समेतको उपस्थिति रहेको थियो ।