Tuesday, October 8, 2024

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो 

काठमाडौं—  महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ ।

गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ । 

ओखलढुंगामा रहेका ज्वाइँले एनआईसी एशिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएका थिए । मोटरसाइकलमा आएका एक जनाले रकम लुटेर फरार भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए।


गिरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेको छ । फरार भएकाको खोजी भइरहेको गिरीले जानकारी दिए ।

spot_img

Hot Topics

Related Articles