Tuesday, January 21, 2025

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।

मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०७९ चैत ९ मै पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरिएको थियो ।

यसवर्ष असोज ११ गते बिहीबार पैगम्बर मोहम्मदको जन्मदिन परेकाले आज बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img

Hot Topics

Related Articles