सिन्धुली- भोलि भदौ २० गते कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीका नेवारी समुदायले लाखे नाँच प्रर्दशन गर्ने भएको छ । विगत केहि बर्ष देखि सिन्धुलीमा बसोबास गर्ने नेवारी समुदायले केहि बर्ष देखि लाखे नाच प्रस्तुत गर्दै आएका छन् ।

नेवारी समुदायको परम्परा र संस्कृत जोगाउनको लागि लाखे नाच प्रर्दशन गर्दै आएका छन् । भोलि सिन्धुलीमाढिमा लाखे नाच संगै लठ्ठी नाच र धान रोपाई नाचको समेत हेर्न सकिने छ ।

भोली मुल आयोजक गणेश भिमसेन मन्दिर संरक्षण समिति माढी बजार र सबै नेवार समुदायका संघ संस्थाहरुको समन्वयमा कार्यक्रम आयोजना हुने साँस्कृतिक कायर्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

१० बजेबाट भिमसेन मन्दिर माढी बजारबाट सुरु गरी बजार, धुरा बजार हुँदै ढुंग्रवासमा गएर कृष्ण मन्दिरमा गएर समापन हुने साँस्कृतिक कायर्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।