काठमाडौं— बाग्मती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बिदा दिने निर्णय गरेको हाे ।
![](https://palikaawaj.com/wp-content/uploads/2023/09/nic.gif)
मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।