Tuesday, November 5, 2024

प्रचण्डले भष्ट्राचारको फाईल खोल्दै जाँदा आफ्नै अनुहार देखे – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत

सिन्धुली – प्रचण्डले भष्ट्राचारको फाईल खोल्दै जाँदा आफ्नै अनुहार देखेकाले फाईल अगाडि बढाउन डराएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेते बताउनु भएको छ ।

आज सिन्धुलीमाढिमा आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । अझै फाईल खोल्दै जाने हो भने आफु र आफु मातहतका सबैको नाम अगाडि आउने समेत बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई फसाउन खोलेको फाईले आफैलाई फसाउने समेत दावि गर्नु भयो । नेकपा एमाले कोहि कसैसंग नडराउने र सत्यको पछि सधै लागिरहने बताउनु भयो । माओवादि पार्टिमा अराजकता देखाउने नेता कार्यकताको एक एक हिसाब किताब आफु संग रहेकाले अब त्यस्ता नेता कार्यकतालाई नछाड्ने समेत बताउनु भयो ।

कसैले आफ्नो सस्तो लोकप्रियताका लागि लगाएको आरोपले नेकपा एमाललेलाई कुनै समस्या नपर्ने समेत दावि गर्नुभयो । गलतलाई गलत र सहिलाई निर्धक भएर सामाजिक सन्जालमा कुनै डर नमानि ब्यक्त गर्न समेत सुझाब दिनुभयो । कसैले धम्क्याएको भरमा नेकपा एमालेका कार्यकता नडराउने र सँधै विचार र सिद्धान्तको पक्षमा अगाडि बढिरहने उल्लेख गर्नुभयो ।

spot_img

Hot Topics

Related Articles