Saturday, June 14, 2025

पोखरीमा डुबेर सप्तरीमा बालकको ज्यान गयो

सप्तरी – सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका  वडा नम्बर ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।

उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles