Tuesday, November 5, 2024

पेप्सीकोला दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, घाइते सबैको पहिचान खुल्यो [अपडेट]

काठमाडौं— पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

आइतबार बिहान पेप्सीकोला छाप्रोस्थित सडकमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। बा.प्र०२–०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया ऊषा थापा र बा.प्र०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको हो।

उनीहरूको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी ढुंगेलले बताए। घाइतेमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा ४ जनाको उपचार जारी छ। 

दोलखा घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमारबहादुर खाती, उदयपुर घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना बिक, मकवानपुर घर भई पेप्सीकोला बस्ने १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे घर भई मुलपानि बस्ने २९ वर्षीया सरस्वती खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

खड्का सशस्त्र प्रहरीका जवान हुन्। त्यस्तै रामेछाप घर भई बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २० वर्षीय सुनिल मगराती,  २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक घर भई थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै मोरङ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछाप घर भई बौद्ध बस्ने वर्ष २२ वर्षीय अर्जुन रम्तेल घाइते छन्। उनीहरूलाई पनि उपचारका लागि सिभिल अस्पताल लगिएको एसपी ढुंगेलले बताए। बस चालक २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको थियो। त्यसपछि बा.प्र०२–०३७ प ५३११ नम्बरको  स्कुटर र बा.प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो ।

spot_img

Hot Topics

Related Articles