Saturday, June 14, 2025

नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत आज सिन्धुली आउँदै

सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत आज सिन्धुली आउँदै हुनुहुन्छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको आज र भोलि हुने नवौ जिल्ला अधिवेशनको लागि सिन्धुलीमाढि आउन लाग्नु भएको हो ।

यस अघि युवा संघ नेपाल सिन्धुलीको २०७२ सालमा अधिवेशन भएको थियो । केहि बर्ष रोकिएको जिल्ला अधिवेशन आज नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिने प्रचार प्रसार समितिका संयोजक श्रवण नेवा खड्गीले जानकारी दिनुभयो ।

आज र भोलि हुने राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौ जिल्ला अधिवेशनको सबै तयारी पुरा भएको संयोजक खड्गीले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles