सिन्धुली - तेश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सिन्धुलीमा हुने भएको छ । यहि कात्तिक १३ गतेबाट सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ बाह्रविसे खेल मैदानमा खेलको उद्घाटन हुने आज पत्रकार भेटघाट कार्यक्रममा नेपाल माझि उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्र लाल माझीले जानकारी दिनुभयो ।

राजिनितिक , आर्थिक, शैक्षिक , सामाजिक र साँस्कृतिक अवस्थालाई मजबुत बनाउन र विभिन्न ठाउँको माझी समुदायसँग सम्पर्क र समन्वय हुने खेलबाट विश्वास लिइएको छ । यस अघि पहिलो माझी गोल्डकप मकवानपुरमा, दोश्रो रामेछाप र तेश्रो सिन्धुलीमा सन्चालन गरिन लागेको हो ।

खेलबाट माझी समुदायको विकास ,समुन्नत समाजको निमार्णमा टेवा पुग्ने विश्वास गरिएको छ । सो खेलमा करिब २५ वटा जिल्लाबाट माझी समुदायका युवाहरुको प्रतिनिधित्व हुने नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ ।

खेलमा प्रथम हुने टिमलाई रु. दुईलाख पैसठि हजार पाँच सय पचपन्न नगद सहित सिल्ड मेडल र प्रमाण पत्र, दोश्रो हुने टिमलाई रु. एक लाख बत्तिस हजार दुई सय बाईस नगद सहित सिल्ड मेडल र प्रमाण पत्र र तेश्रो हुने टिमलाई सान्त्वनाको रुपमा रु. छैसठि हजार छ सय छैसठि नगद सहित सिल्ड मेडल र प्रमाण पत्र प्रधान गरिने छ ।
तेश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ बाह्रविसे खेल मैदान र हरिहरपुरगढि गाउँपालिका ५ बोटिनिमा सन्चालन हुनेछ ।
