Tuesday, November 18, 2025

तिनपाटन ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा

सिन्धुली- तिनपाटन गाउपालिका वडा नं.५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा एक कार्यक्रमका बिच बालमैत्री वडा घोषणा गरिएको हो ।


वडा नम्वर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको बालमैत्री वडा घोषणा प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले बालमैत्री वडा घोषणा गर्नु भएको हो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको कार्यान्वयनका ५ चरणहरू, ५१ वटा सूचकहरू पुरा गर्न वडा सँग सहकार्य गरेको रिलिफ नेपालका कार्यक्रम संयोजक पंकज पाण्डेले बताउनुभयो ।

यस वडालाई बालमैत्री वडा घोषणाको लागी वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा रिलिफ नेपाल र सिड्स नेपालले वडा र पालिकासँगको समन्वयमा काम गरेको थियो । घोषणा सँगै जिल्लामा बालमैत्री वडा दुई वटा पुगेका छन् । यस अधि यसै पालिकाको वडा नम्वर १० लाई बालमैत्री वडा घोषणा गरिएको थियो ।


बागमती प्रदेश सभाका सदस्य, राम कुमार पहाडी, मातृका प्रसाद भट्टराई, जिल्ला समन्वय समितिका सभापति कारसाङ लामा, उपसभापति शान्ता कार्की, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवाल, तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगर उपाध्यक्ष धन बहादुर पुलामीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्यका वक्ताहरूले बालमैत्री वडा घोषणासँगै दिगोपनामा ध्यान दिनु पर्ने बताउँदै भोलिका दिनमा पनि बालाबालीकालाई केन्द्रमा राखेर योजना कार्यक्रम ल्याइने बताएका छन् ।

Hot Topics

Related Articles