Thursday, April 18, 2024

गोली प्रहार गरी हत्या गरिएका व्यक्ति भारतीय रहेकाे खुलासा 

बारा – बाराको पचरौता नगरपालिका वडा नम्बर-६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक गोली हानी हत्या गरी फालिएको शवको पहिचान भइसकेको प्रहरीले जनाएको छ । 

 नेपाल र  भारतको दशगजा नजिकै  फेला परेको शव भारत बिहार  जिल्ला मोतिहारी, दर्पा थाना–१ , सुक्लहिया गाउँ बस्ने वर्ष २२ को अजित कुमार सिंह रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

सोही ठाउँ बस्ने  वर्ष २५ का सुजित कुमार सिंहले  मृतक अजित कुमार सिंहलाई पछाडिबाट गाली हानी हत्या गरेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । 

 सुटर अजित सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २४ को चञ्चल पाण्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुईवटा अनटेष्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेका थिए । 

कर्तव्य गरि तिनीहरू मोटरसाइकल लिएर भारततर्फ फर्केका थिए प्रहरीको अनुसन्धानले देखाएको छ । घटना स्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।  हत्या किन गरिएको हो ? भन्नेबारे यकिन भई नसकेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयाे । 

घटनास्थलको सम्पूर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात् शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको र अन्य अनुसन्धानको कार्य भइरहेको  प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले ब्याङ्क प्रहरी परिचालन गरि चेकजाँच तीव्र पारिएको छ । 

spot_img

Hot Topics

Related Articles