Saturday, July 13, 2024

काठमाण्डौ र ललितपुरका केही क्षेत्रमा भोलि साढे ८ घन्टासम्म बिजुली नआउने

काठमाण्डौ – काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा भाेलि साढे ८ घन्टासम्म बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकारणले आज सूचना निकालेर विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।

टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने भएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ ।

रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि काम सकिए तत्कालै आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ ।

spot_img

Hot Topics

Related Articles