Friday, April 25, 2025

आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं— देशभर आंशिकदेखि सामान्य बदली रहने आइतबार जल तथा मैसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

केही दिन कम भएर काठमाडौं उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मैसम विज्ञान विभागले जनाएको छ ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

spot_img

Hot Topics

Related Articles