Thursday, November 14, 2024

सिन्धुलीको स्वर्णिम भविष्य साकोस सहकारी शिक्षा मार्फत सदस्यहरुको मन जित्दै

सिन्धुली – सिन्धुलीको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.ले आज सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

पछिल्लो समय केहि सहकारीहरुमा आएको समस्याको कारण सहकारी प्रति सदस्यहरुको विश्वास कम हुँदै गएको अवस्थामा सहकारीको अबस्था के छ भनेर सँस्थाको वित्तिय अवस्था लगाएत सहकारीमा सदस्य बन्दा हुने फाईदाको विषयमा शिक्षा प्रदान गरिएको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक मोहन श्रेष्ठले बताउनु भयो ।

सहकारीका २५ जना शेयर सदस्यहरुको लागि सँस्थाको मधुटारमा रहेको आफ्नै भवनमा सहकारी शिक्षा कार्यक्रम गरेको हो । सहकारी शिक्षा कार्यक्रम लिईसकेपछि सदस्यहरु ढुक्क भएर सहकारीमा कारोबार गर्ने प्रतिबद्धता जनाएका छन् । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.ले हरेक महिना आफ्ना सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रमको आयोजना गर्दै आएको छ । सहकारी शिक्षा कार्यक्रमको सहजिकरण सहकारीमा लामो समयदेखि काम गर्दै आउनुभएका स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles