सिन्धुली – राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौ जिल्ला अधिवेशन सिन्धुलीमाढीमा हुने भएको छ । आज युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीले पत्रकार सम्मेलन गरेर ९ बर्ष पछि जिल्ला अधिवेशन यहि भदौ १७ र १८ गते हुने जानकारी दिएको हो । यस अघि युवा संघ नेपाल सिन्धुलीको २०७२ सालमा अधिवेशन भएको थियो ।

केहि बर्ष रोकिएको जिल्ला अधिवेशन भदौ १७ गते नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिने जिल्ला संयोजक मिजास कार्कीले जानकारी दिनुभयो ।
भदौ १८ गते सिन्धुलीको ९ वटै पालिकाको वडा,पालिका र जिल्लाको नयाँ कार्यसमिती चयन गरिने अध्यक्ष कार्कीले बताउनु भयो । हाल ८१ जनाको जिल्ला कार्यसमिती रहेकोमा अबको अधिवेशनले ७५ जनाको कार्यसमिती चयन गरिने छ । वडा कमिटी,,पालिका कमिटी र जिल्ला कमिटी गरी १ सय ८७ जना प्रतिनिधि हुनेछन् ।

सम्भवत नयाँ कमिटी चयनको लागि सर्बसम्मतनै प्रयास गरिने अन्यथा लोकतान्त्रिक विधिद्धारा कमिटी चयन गरिने अध्यक्ष कार्कीले बताउनु भयो ।

अधिवेशनको तयारीको लागि जिल्ला कमिटीले विभिन्न विभागको भागबण्डा लगाएर काम गरिरहेको बताएको छ । दुई दिन सम्म चल्ने अभिवेशनको लागत लगभग २ लाख ५० हजार अनुमान गरिएको राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका सचिव धन बहादुर माझिले जानकारी दिनुभयो ।

