काठमाण्डाै – लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।
ठूलो पानी परेका क्षेत्रमा आकस्मिक बाढीको जोखिम छ । लमजुङको खुदीबजार र आसपास परेको ठूलो पानीले खुदीखोलालगायत लमजुङ भएर बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँ बिहान ९ बजेसम्म नै सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।