Thursday, October 3, 2024

रसुवाको गोसाइँकुण्डमा मेला : स्नान गर्ने भक्तजनको घुइँचो

काठमाण्डाै – रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका झण्डै चार हजारभन्दा धेरै भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गर्दैछन् ।

समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित कुण्डमा बिहानैदेखि भक्तजनले स्नान एवं पूजा आराधना गरिरहेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । भक्तजनका लागि आवश्यक सुरक्षा र अरु व्यवस्थापन मिलाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताउनुभयो ।

आजका दिन गोसाइँकुण्डमा स्नान गरी पूजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वास छ । गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

नेपाल प्रहरीका ४०, नेपाली सेना विष्णुदल गणबाट ६० र सशस्त्र प्रहरी बलका २० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । 

spot_img

Hot Topics

Related Articles