सिन्धुली- नेपाल हेवि ईक्वीपमेन्ट अपरेटर संघको चौथो राष्ट्रिय अधिबेशन तथा अपरेटर भेला यहि भाद्र २५ गते काठमाण्डौँमा हुने भएको छ । देश भरका ७७ वटै जिल्लाबाट अपरेटर संघका पदाधिकारी लगाएत सदस्यहरु सहित ५००० जनाको उपस्थित रहने कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्रि प्रकाश ज्वाला रहनुहुने संघका अध्यक्ष सन्तोष श्रेष्ठले पालिका आवाजलाई जानकारी दिनुभयो ।

सोहि दिन नेपाल हेवि ईक्वीपमेन्ट अपरेटर संघले मेशिन सहितको र्याली कोटेश्वर देखि जडिबुटि एकान्त कुना यातायात कार्यालय सम्म गर्ने छ । र्याली समापन भएपछि विभिन्न माग सहितको पाँच बुँदे ज्ञापन पत्र यातायात कार्यालयमा बुझाउने तयारी समेत रहेको छ ।
नेपाल हेवि ईक्वीपमेन्ट अपरेटर संघको चौथो राष्ट्रिय अधिबेशन तथा अपरेटर भेलामा देश भरिका हेवि ईक्वीपमेन्ट चलाउने बरिष्ठ तथा पूर्व अपरेटरहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ । साथै बन्द सत्रमा नयाँ कार्यसमिति समेत चयन हुनेछ ।

अपरेटरहरुलाई संघमा सदस्यता वितरण गरिने भएकाले सदस्यता लिनको लागि नागरिकता र लाईसेन्स अनिर्वाय लिएर आउनु पर्ने सँघले जानकारी दिएको छ । सदस्यता लिएका अपरेटरहरुलाई सदस्यता बापत लिएको रकमबाट नै पाँच लाख बराबरको ननलाईफ विमा संघले गरिदिने समेत अध्यक्ष सन्तोष श्रेष्ठले पालिका आवाजलाई जानकारी दिनुभयो ।

काठमाण्डौँ स्थीत जडिबुटिमा रहेको इन्द्रसान पार्टि प्यालेसमा हुने नेपाल हेवि ईक्वीपमेन्ट अपरेटर संघको चौथो राष्ट्रिय अधिबेशन तथा अपरेटर भेला कार्यक्रमको पालिका आवाज अनलाईनको सन्चार पेजबाट प्रत्यक्ष प्रसारण समेत हुने छ । नेपाल हेवि ईक्वीपमेन्ट अपरेटर संघको चौथो राष्ट्रिय अधिबेशन तथा अपरेटर भेला कार्यक्रमको करिब ८० प्रतिशत तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

