Thursday, March 27, 2025

गोरखाको आरुघाट गाउँपालिका–९ का वडा सदस्य माझीको रुखबाट लडेर ज्यान गयो

गोरखा – गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ ।

आरुघाट–८ को लामाबगरमा अरिङ्गालको गोला पोल्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर खस्दा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

३६ वर्षका माझीको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

spot_img

Hot Topics

Related Articles