Tuesday, December 16, 2025

उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त

गुल्मी – उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको आज मङ्गलवार उपचारका क्रममा ज्यान गएको गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले बताउनुभयाे । उहाँले अस्पतालमा भर्ना भएकी बालिकाकाे स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएकाे प्रतिक्रिया दिनुभयो ।

यसैबीच अस्पतालले मृत्युको कारणबारे स्पष्ट जानकारी नदिएकाे भन्दै पीडित परिवारका आफन्त र स्थानीयले अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरिरहेका छन् । अस्पतालको लापर्बाहीका कारण बालिकाकाे ज्यान गएकाे उनीहरूकाे आराेप छ ।

सामान्य पेट दुखेकाे भन्दै परिवारले बालिकालाई हिजाे सोमवार अस्पतालमा भर्ना गरेका थिए ।

घटनाको विषयलाई लिएर अहिले गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको छ ।

Hot Topics

Related Articles