Saturday, July 13, 2024

अनेरास्ववियु प्राकृतिक श्रोत ब्यबस्थापन कलेज कमिटी मरिण सिन्धुलीद्धारा विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

सिन्धुली – अनेरास्ववियु प्राकृतिक श्रोत ब्यबस्थापन कलेज कमिटी मरिण सिन्धुलीले विद्यार्थीहरुलाई स्वागत तथा बिदाई गरेको छ । आज सिन्धुलीको मरिणमा भएको कार्यक्रममा प्राकृतिक श्रोत ब्यबस्थापन कलेजमा पहिलो बर्ष अध्ययन गर्न आएको विद्यार्थीहरुलाई स्वागत र चौथो बर्ष अध्ययन गरिसकेका विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

अनेरास्ववियु प्राकृतिक श्रोत ब्यबस्थापन कलेज कमिटी मरिण सिन्धुलीका अध्यक्ष सन्देश सापकोटाको अध्यक्षता , अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष मर्यादा बिष्टको प्रमुख आतिथ्यतामा कायक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा केन्द्रिय कमिटी सचिब अन्जना शिवाकोटी, अनेरास्ववियु बागमती प्रदेश कमिटी सह संयोजक लाल बहादुर बुढाथोकी ,नेकपा एमाले केन्द्रिय सल्लाहकार परीषद सदस्य राम कुमार पौडेल अनेरास्ववियु सिन्धुलीका अध्यक्ष प्रशान्त लुङ्गेली , सचिब अजय तामाङ , सह सचिबहरुद्वय शरद बराल , प्रज्ज्वल तिमल्सिना अनेरास्ववियुका नेता सुनिल पौडेल , अनेरास्ववियु कमलामाइ नगर कमिटीका तुलसी भुजेल लगायत विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

spot_img

Hot Topics

Related Articles