Wednesday, October 15, 2025

सिन्धुली अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण

सिन्धुली- सिन्धुली अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको छ। गुरु पुर्णिमाको पावन अबसरमा सोमबार नेपाल मानव धर्म सेवा समिति सिन्धुलीले २२ जना बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको हो ।


कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कासांङ्ग लामाको प्रमुख आतिथ्यता तथा कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल ,समन्वय उप प्रमुख शान्ता कार्की ,जिल्ला प्रशासन प्रमुख सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख राजकुमार सिल्वाल ,सशस्त्र प्रहरी प्रमुख दिनेश बस्नेत , जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष सतिस ढकाल लगायतको उपस्थिती रहेको थियो। फलफूल वितरण कार्यक्रम सकेपछि रातमाटा प्लानिङ्गको आश्रममा होम होमादी र प्रवचन कार्यक्रम पनि भएको थियो ।
नेपाल मानव धर्म सेवा समिति सिन्धुलीको आयोजना तथा जिल्ला प्रभारी महात्मा पुज्यनिय दया बाईजीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Hot Topics

Related Articles