Saturday, February 15, 2025

सुनकोशी गाउँपालिमा महिला र पुरुषलाई रोजगार तथा स्वरोजगार सम्बन्धि तालिम संचालन हुने

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका भित्रका महिला र पुरुषलाई रोजगार एवम् स्वरोजगार बनाउने उदेश्यले सिपमुलक तालिम संचालन हुने भएको छ ।

प्लान ईन्टरनेशनल र सिड्स नेपालको संयुक्त साझेदारीमा तथा गाउँपालिकाको समन्वयमा संचालित दक्ष युवा परियोजना अन्तर्गत १८ देखि २४ बर्ष उमेर समुहका युवा महिला र पुरुषहरुलाई रोजगार एवम् स्वरोजगार बनाउने उदेश्यले तालीम संचालन गर्न लागिएको हो ।

रोजगारमुलक तालिमहरुमा प्लम्बर,ईलेक्टिसियन,कम्प्युटर अपरेटर,सिकर्मी ,होटेल वेटर, होटेल कुक तालिम रहेको छन् । त्यस्तै स्वरोजगार मुलुक तालिम अन्तर्गत अटो मोटरसाइकल मर्मत ग्यारेज ,मोटर,पंखा र एसि मर्मत ,मार्वल टायल फिटिङ्ग,मोबाइल टि।भि। मर्मत ,हेयर कटिङ्ग,ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता ,दुग्ध उत्पादन गाई भैंसी पालन लगायतका तालिम रहेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो ।

सुनकोशी गाउँपालिकामा स्थायी रुपमा बसोबास गर्ने युवा महिला र पुरुषले यहि साउन ३ गतेभित्रमा आफुले सिक्न चाहेको सिपमुलक तालिमको बिषय प्राथमिकताको आधारमा ३ वटा सम्म उल्लेख गरी आफ्नो वडा कार्यालय मार्फत यस गाउँपालिकाको रोजगार शाखामा निवेदन पेश गर्नु हुन् समेत सुनकोशी गाउँपालिकाले अनुरोध गरेको छ।

उक्त सीप सिक्नका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र तोकिएको ढाँचा अनुसारको दरखास्त फारम चाहिने छ ।

spot_img

Hot Topics

Related Articles