Friday, May 16, 2025

सिन्धुलीको चकमके स्थीत भालु खोलाले मोटरसाइकल सहित चालकलाई बगायो

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिका चकमके स्थीत भालु खोलाले आज विहान मोटरसाइकल बगाएको छ ।

चकमकेबाट सिन्धुली आउँदै गर्दा अविरल बर्षा पछि भालु खोलामा आएको बाढिले प्रदेश ३–०२ ०१० प ६७१७ नम्बरको मोटरसाईकल बगाएको हो ।


मोटरसाईकल चलक तीनपाटन ११ स्याङतीका लोक बहादुर थापालाई खोलाले करिब ३०० मिटर सम्म बगाएको त्यहाँबाट मुकुन्द तिमल्सीनाले पालिका आवाजलाई जानकारी दिनुभयो । घईते थापाको टाउको र खुट्टामा चोट लागेको छ ।


स्थानियको सहयोगमा घाईतेको उद्धार गरि लाम्पन्टार स्वास्थ्य चौकीमा उपचार गराईएको थियो । भालु खोलामा समयमै पुल नबन्द सर्वसाधारणले बर्षेनि समस्या भोग्नु भरेको छ ।

spot_img

Hot Topics

Related Articles