Tuesday, January 21, 2025

सिन्धुलीको घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु सम्पर्क विहिन

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु सम्पर्क विहिन भएका छन् । आज आईतबार कार्यालय खुले पनि कर्मचारीहरु कार्यालयमा हाजिर नभएको गाउँपालिकाका उपाध्यक्ष संकर मान घलानले पालिका आवाजलाई जानकारी दिनुभयो ।

के कारणले कर्मचारीहरु कार्यालय नआएको भन्ने विषयमा आफु जानकार नभएको उपाध्यक्ष घलानले बताउनु भयो । सो विषयमा कर्मचारीहरुलाई फोन सम्पर्क गर्दा कसैको फोन नलागेको बताउनुभयो । गाउँपालिकाका प्रशासकिय अधिकृत रामकुमार कार्की लगाएत विभिन्न शाखाका कर्मचारीहरु सम्पर्क आएका छैन ।

गाउँपालिका अध्यक्ष जगत भोलन पनि सम्पर्कमा नआएको उपाध्यक्ष संकर मान घलानले पालिका आवाजलाई बताउनुभयो । यसबाट असारमा धमाधम विभिन्न योजनाका बजेट भुक्तानी गर्न आएका सेवाग्राहिहरु समस्यामा परेका छन् ।

spot_img

Hot Topics

Related Articles