बिजय भोलन तामाङ
सिन्धुली – प्रहरी चौकी गढी सिन्धुलीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।बिहिबार एक समरोहका बीच वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
वाग्मती प्रदेशको जिल्ला प्रहरी कार्यलय सिन्धुलीको आयोजना तथा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँको लागतमा ८ कोठा भएको २ तले उक्त नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रहरी चौकी गढी सिन्धुलीलाई व्यवस्थित गर्नको लागि पोष्ट निर्माण कार्यमा सहयोग गर्नुहुने सबैजनालाई योगदानको उच्च मूल्याकंन गदैँ प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी चौकी गढी,सिन्धुलीको कार्यालय सम्म पुग्ने बाटाको स्तर उन्नति गर्ने सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले नेपाल प्रहरीलाई आफुले सकेको सहयोग गर्न बताउनुभयो ।
सुविधासम्पन्न उक्त भवन उद्घाटन गर्नका लागि प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी नायब उपरीक्षक राज कुमार सिलवाल, प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जन, जिल्लाका सरकारी तथा गैह् सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।