Tuesday, October 8, 2024

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने

सिन्धुली – नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्वारा १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने आयोजना गरिएको छ ।

निशुल्क ब्लड उपलब्ध गराउनका लागि रु १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने आयोजना गरिएको हो ।


उक्त कोषबाट ब्लड बैक संचालन तथा ब्यबस्थापन गरि बिरामीहरुलाई निशुल्क ब्लड उपलब्ध गराउने उदेश्यले अक्षय कोष स्थापना गर्ने योजना राखिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।

आज उक्त अक्षय कोष स्थापना गर्नका लागि सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सदस्य, माननीय लेखनाथ दाहालबाट रु ५१ हजार, गोविन्दबहादुर बस्नेतबाट रु २५ हजार ५ रुपियाँ र अन्जुकुमारी कार्की बस्नेतबाट रु २५, हजार ५ रुपियाँ सहयोग गर्नुभएको थियो । त्यस्तै गोबर्धनराज कोजु श्रेष्ठबाट २५ हजार ५०० सय, विना मकाजु श्रेष्ठ २५ हजार ५००सय सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग गर्नुहुने दाताहरुको अभिलेखिकरण गरि एक बिशेष कार्यक्रमबाट सार्बजनिक गरि सम्मान गरिने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ ले बताउनुभयो । अझै पनि सहयोग गर्नुहुन्न समेत उहाँले अपिल गर्नुभएको छ ।


spot_img

Hot Topics

Related Articles