सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेल माथि हातपात एवं अभद्र ब्यवहार प्रति जिल्लाका स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको गम्भीर आपत्ति सहित ध्यानाकर्षण भएको छ ।
गत असार १४ गते विहिबारका दिन सिन्धुलीको गोलन्जोर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पौडेल माथि सोहि गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले हातपात एवं अभद्र ब्यवहार तथा अपमानजनक शब्दहरु प्र्रयोग गरेको घटना प्रति आज एक विज्ञप्ती मार्फत घोर निन्दा र भत्सना गरेको हो ।
संयुक्त प्रेस विज्ञप्तीमा कानुनलाई हातमा लिई कर्तब्य निर्वाहको क्रममा राष्ट्रसेवक कर्मचारीप्रति भएको अभद्र, अपमानजनक ब्यवहार एवं साङ्गातिक हमला तथा अपराधिक क्रियाकलापको घोर निन्दा र भत्सर्ना गर्दछौँ भनिएको छ ।
राष्ट्रिसेवक कर्मचारीका आत्मसम्मान, आत्मविश्वास एवं उच्च मनोवल निरुत्साहित गरि सेवा प्रवाहलाई प्रभावित पार्ने तथा ब्यक्तिगत स्वार्थ सिद्धिका लागि राष्ट्रसेवक कर्मचारीहरुप्रति गरिने यी र यस्ता प्रकृतिका अराजक गतिविधि आगामि दिनमा नगर्न, नगराउन एवं समग्र सिन्धुली जिल्लालाई शान्त,सभ्य तथा कर्मचारी कार्य वातावरण मैत्री जिल्लाको रुपमा परिचित गराउन सबै राजनितिक दल,जनप्रतिनिधि लगाएतका सरोकारवालाहरुमा संयुक्त प्रेस विज्ञप्ती मार्फत अपिल समेत गरेको छ ।
घटनालाई राजनितिक रंग दिई अतिरन्जीत बनाई विभिन्न बहानामा दोषिलाई उम्काउने प्रयास र कार्य भएमा अन्य विकल्पहरु चरणबद्ध रुपमा अबलम्वन गर्न बाध्य हुने संयुक्त प्रेस विज्ञप्ती उल्लेख छ ।