Saturday, December 14, 2024

क्रियाशिल पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम

सिन्धुली – सिन्धुली जिल्लाका क्रियाशिल पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सिन्धुलीमाडीमा सम्पन्न भएको छ ।

स्वदेशमा रोजगार गररौँ,वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ भन्ने नाराको साथमा बिहिबार पत्रकारहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्वीस सरकार बिकासको सहयोग र कमलामाई नगरपालिकाको आयोजनामा कार्यक्रम भएको थियो ।


सिन्धुलीमा आर्थिक बर्ष २०७९ ०८०को असार २० गते सम्म नयाँ राहदानी बनाउने ९ हजार ५ सय ९४ जना,रोजगारीको लागि ७ हजार ३ सय ४१ जना, पढ्नको लागि १ हजार ६ सय ७४ जना,भिजिट भिसामा २ सय २४ जना रहेको छन् ।

सिन्धुली जिल्लाबाट परामर्श लिनेहरुमा दुधौली नगरपालिकामा १ हजार ८ सय ८४ जना,घ्याङलेख गाउँपालिकामा ५ सय ९६ जना,गोलन्जोर गाउँपालिकामा ५ सय ७९ जना,हरिहरपुरगढी गाउँपालिकामा ७ सय ४६ जना,कमलामाई नगरपालिकामा २ हजार ५ सय ५२ जना,मरिण गाउँपालिकामा १ हजार १ सय ५३ जना,फिक्कल गाउँपालिकामा ३ सय ४९ जना, र तिनपाटन गाउँपालिकामा १ हजार १ सय ८९ जनाले वैदेशिक रोजगारीमा जानको लागि परामर्श लिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाको सामाजिक बिकास शाखाका प्रमुख सत्यदेवी अधिकारीले वैदेशिक रोजगारीमा जाँदा सिप सिकेर मात्रै जानका लागि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, अहिले बिभिन्न माध्यम जस्तै रेडियो,पत्रपत्रिका,टेलिभिजन, अन्लाईन जस्ता थुप्रै माध्यमबाट पनि सुनेर सिप सिक्न सक्ने उहाँले बताउनुभयो ।

अहिले तिनपाटन गाउँपालिका,कमलामाई नगरपालिका,हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा कार्यक्रम संचालन भैइरहेको छन् । सुरक्षित आप्रवासन कार्यक्रम सामिले ७२ जनालाई मनोसामाजिक परामर्शको सिफारिस दिएको थियो भने, ३ सय ८६ जनालाई बित्तीय साक्षरता सम्बन्धी तालिम दिएको सुरक्षित आप्रवासन कार्यक्रम सामि को कार्यक्रम संयोजक बिजय दाहालले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles