Friday, January 16, 2026

आज देशभर पानी पर्ने, सुदूरपश्चिमबाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै  पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

मनसुन सक्रिय रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पनि मौसमविद्ले बताएका छन् । देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

भोलि पनि देशभरको मौसम बदली भइ पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।  भोलि पनि कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

Hot Topics

Related Articles