Saturday, February 15, 2025

सामाजिक सन्जालमा १४ करोड शब्द प्रयोग गरि गरिएको टिका टिप्पणी प्रति हरिहरपुरगढिको ध्यानाकर्षण

सिन्धुली – सिन्धुलीको हरिहरपुर गढि गाउँपालिकाले आर्थिक बर्ष २०८० -८१ को निति तथा कार्यक्रम र बजेट यहि असार ९ गते बसेको गाउँ सभाको १७ औँ अधिबेशनबाट पारित गरेको छ ।

सो विषयमा फेसबुक लगाएत सामाजिक सन्जालमा विभिन्न ब्यक्तिहरुले १४ करोड शब्द प्रयोग गरि गरिएको टिका टिप्पणी प्रति हरिहरपुर गढि गाउँपालिकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको आज प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

पालिकाका प्रबक्ता कमल कुमार राई द्धारा हस्ताक्षरीत विज्ञप्तीमा यस्ता गलत सुचना तथा सन्देश प्रवाह गरि जनमानसमा सरकार प्रति गलत भावना पैदा गर्ने कार्य र सहयोग गर्ने जो कोहि ब्यक्ति प्रति गाउँ पालिका खेद प्रकट गर्दछ भनिएको छ ।

राजनितिक र ब्यक्तिगत स्वार्थका लागि आफ्नो जिम्मेवारी भुल्दै गतल मनसायले गरिने सरकारको विरोध लोकतन्त्रको मर्म विपरित भएको विज्ञप्तीमा उल्लेख छ । हरिहरपुर गढि गाउँपालिका बासिन्दालाई तथ्य र सत्यमा आधारित आधिकारीक सुचनाहरु मात्र विश्वास गर्न र सामाजिक सन्जालमा ब्यक्त विचार, टिकाटिप्पणीहरुलाई विश्वास नगर्नको लागि अनुरोध समेत गरेको छ ।

बजेट छलफलको क्रममा हालसम्मको वित्तय प्रतिवेदनमा रातो किताबको विनियोजन र बास्तविक आम्दानीको विच करिब १४ करोड फरक देखिएको विषय अबगत गराउँदै यसै विषयलाई बाहिर ल्याएर अतिरन्जीत गराएको आज प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

spot_img

Hot Topics

Related Articles