Friday, January 16, 2026

१५ गतेको बजेट मार्फत अतिरित्त हुलाक खारेज गर्ने निर्णयको बिरुद्धमा सिन्धुलीमा धर्ना

सिन्धुली – नेपाल अतिरित्त हुलाक कर्मचारी यसोसियन जिल्ला कार्यसमिति सिन्धुलीले कालो पट्टी बाँधी धर्नामा बसेका छन् । नेपाल सरकाको गएको जेठ १५ गतेको बजेट मार्फत अतिरित्त हुलाक खारेज गर्ने निर्णयको बिरुद्धमा उनीहरु धर्ना बसेका हुन् ।

नेपाल अतिरित्त हुलाक कर्मचारी यसोसियनको जेठ २५ गतेको निणर्य अनुसार कालो पट्टी बाँधी बिरोध जनाएको जिल्ला कार्यसमिति सिन्धुलीले जनाएको छ ।


नेपाल अतिरित्त हुलाक कर्मचारी यसोसियनले अतिरित्त हुलाक कार्यालय खारेजिको निर्णय फिर्ता लिइ अुलाक सेवालाईनै पुन संरचना गर्न र पुन संरचना गर्दा आवश्यकताका आधारमा अतिरित्त हुलाक सेवा र इलाका हुलाकहरुलाई मर्ज गर्ने कार्यविधि बनाइ स्वच्छीक प्याकेज ल्याई कर्मचारी संख्या तथा कार्यालय कम गराउन सकिने, वर्तमान कामको तरिकामा परिमार्जन गरि समय सापेक्ष गरिनुपर्ने, सक्षम र योग्य कर्मचारीहरुलाई उचित सेवा सुविधा सहित पुरा काम पुरा दामको ब्यवस्था गरि रोजगारीको हक अधिकार नखोस्न अनुरोध गर्ने निर्णय गरेको थियो ।


सोहि निर्णयलाई कार्यन्वयन गर्दै थप दबाबको लागि असार ५ गतेदेखि ७ गते सम्म शान्तिपूर्ण रुपमा जिल्ला हुलाक कार्यालयमा धर्ना बसिएको नेपाल अतिरित्त हुलाक कर्मचारी यसोसियन जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष प्रेम बहादुर पुलामीले जानकारी दिनुभयो ।


उहाँका अनुसार अतिरित्त हुलाक खारेजी फिर्ता गर, अतिरित्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीको स्वरोजगार खोस्न पाइदैन, हुलाकको संरचना खारेज भएमा यसको पूर्ण संरचना सुचारु गर, राजिनामा दिइ सेवाबाट नियमित रुपमा अवकास भएका वा हुने कर्मचारी हरुको सेवा अवधीको आधारमा सेवा सुविधा शुनिश्चीत गर लगायतको माग राख्दै जिल्लामा बिरोध जनाइएको छ ।

Hot Topics

Related Articles