Sunday, December 7, 2025

हरिहरपुरगढिमा ५ दिवसिय आधारभूत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग बिषयक तालिम

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढिमा शिक्षकहरुका लागि ५ दिवसिय आधारभूत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग बिषयक तालिम सम्पन्न भएको छ । बहुसांस्कृतीक मनोसामाजिक संस्था (टि.पि.ओ नेपाल) को प्राविधिक सहयोग र हरिहरपूरगढी गाउँपालिका सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा १५ जना बिभिन्न सामुदायीक बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

पाँच दिन सम्म सन्चालन भएको तालिममा मानसिक तथा मनोसामाजिक समस्या र त्यस कारणहरु र उपचारका बारेमा जानकारी एवं सिपहरु, आधारभूत सञ्चार सिप, आत्महत्याका कारण, उपचार र रोकथाम बिषयक जानकारी, रुपान्तरीत बिकृती, उदाशिनलता, चिन्ताजन्य समस्या, छारेरोग, बालबालीकाहरुको ब्यबहारगत समस्या र त्यस्ता समस्यामा प्रदान गर्ने मनोशिक्षा, सिफारिस, उपलब्ध मानसिक तथा मनोसामाजिक सहयोग सम्बन्धि श्रोतहरु, बिद्यालयमा मानसिक स्वास्थ्यको सुनिश्चितता लगाएताका बिषयमा तालिम प्रदान गरिएको थियो ।

Hot Topics

Related Articles