सिन्धुली – सिन्धुलीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत सिन्धुलीमा सन्चालित सिन्धुली एकता साकोस, नमुना बहुउद्धेश्यीय साकोस र सरल साकोसको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सिन्धुलीको कमलामाई ६ स्थीत श्री नवज्योती बहिरा मावि जसेदमारमा सन्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २५४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
जसमा सुगर, ब्लड गु्रप पहिचान र निशुल्क औषधि वितरण समेत गरिएको सिन्धुली एकता साकोसका प्रबन्धक दिपेन्द्र ध्वज बस्नेतले जानकारी दिनुभयो ।
एक दिने निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच सिन्धुली अस्पतालका चिकित्सकहरु प्रेरित देबकोटा, जगदिस कार्की र अस्मीता पान्डेले गर्नुभएको थियो ।
सरल साकोस सिन्धुलीका अध्यक्ष विनेश श्रेष्ठको अध्यक्षता कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ सिन्धुली शाखाका सभापति कृष्णहरि घिमिरे , आयोजक सहकारी संस्थाका सन्चालक समितिका पदाधिकारीहरु लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
एक दिने निशुल्क स्वास्थ्य शिविर आरएसडिसि लघुवित्त वित्तिय संस्थाको साझेदारमा भएको हो ।