Saturday, February 15, 2025

सिन्धुलीको सुनकोशि गाउँपालिकामा अनेरास्ववियु द्धारा मदन सप्ताह वृक्षरोपण सम्पन्न

सिन्धुली – सिन्धुलीको सुनकोशि गाउँपालिकामा अनेरास्ववियु द्धारा मदन सप्ताह वृक्षरोपण सम्पन्न भएको छ ।

अनेरास्ववियु सुनकोशी गाउॅंपालिका कमिटी, अनेरास्ववियु सुनकोशी क्यामपसको संयुक्त आयोजना र अनेरास्ववियु सिन्धुलीको समन्वयमा ७२ औं जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज वृक्षरोपण गरिएको हो ।

बेल,निम, अनार,मसला,लगाएतका ८५ वटा विरुमा सुनकोशि क्याम्पसको प्राङगण रातमाटामा रोपिएको अनेरास्ववियु सिन्धुलीका सचिब अजय दोङ तामाङले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा अनेरास्ववियु सिन्धुलीका अध्यक्ष प्रसान्त लुङगेली ,सुनकोशि गाउँ कमिटिका अध्यक्ष अशोक गिरि, अनेरास्ववियु सिन्धुलीका सचिब अजय दोङ तामाङ,सह सचिब प्रज्वल तिमल्सीना लगाएत स्थानिय नेता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो विरुवाहरु सिद्धेश्वर सब -बन डिभिजन कार्यालयले उपलब्ध गराएको हो ।

spot_img

Hot Topics

Related Articles