सिन्धुली – सिन्धुलीमाढिमा सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको छ । शिद्धबाबा बचत तथा ऋण सहकारी सँस्था लि. सिन्धुलीको आयोजनामा भएको एक दिने सहकारी शिक्षा कार्यक्रममा सोहि सहकारीका ५५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारीमा नै किन बचत गर्ने , सहकारी भनेको के हो ? पछिल्लो समयमा सहकारी प्रति समाजको हेराई र बुझाई । सहकारीमा नियमित बचत गर्नुको फाईदा लगाएतको विषयमा सदस्यहरुलाई जानकारी गराईएको ब्यवस्थापक सीता कार्कीले जानकारी दिनुभयो ।
शिद्धबाबा बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष गोकर्ण प्रसाद सुवेदीको अध्यक्षतामा र कमलामाई नगरपालिका सहकारी शाखा प्रमुख इन्दीरा थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बचत संघका सन्चालक पुरूषोतम पहाडी र नेफ्स्कून सिन्धुलीको प्रतिनिधि अस्मिता दाहालको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शम्भु प्रसाद दाहालले गर्नु भएको थियो।