Sunday, December 7, 2025

मानव बेचविखन विरुद्ध कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

सिन्धुली – मानव बेचविखन विरुद्ध कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । अनलाइनबाट हुन सक्ने बेचबिखनबाट जोगिन साईबर क्राइम सम्बन्धी मानव बेचबिखन विरुद्ध अभियान कार्यक्रम आज सिन्धुलीमाढिमा सम्पन्न भएको हो ।

अनलाइनबाट हुन सक्ने बेचबिखनबाट जोगिन साईबर क्राइम सम्बन्धी मानव बेचबिखन बाट हुन्न सक्ने घटनाहरुलाई न्युनिकरण गर्नेको लागि कार्यक्रम संचालन गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो ।


महिला बालबालिका तथा जेष्ठ नागरिका सहसचिव लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा भएको हो ।

Hot Topics

Related Articles