सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा उन्नत जातको विउ पाठि वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६ नयाँ बस्तीमा आज २० जना कृषकहरुका लागि ३ वटा उन्नत जातको विउ, पाठि र प्रत्यक २ जना कृषकहरुका लागि १ वटा बोका र पाठि वितरण गरिएको हो ।
सो कार्यक्रम मरिण गाउँपालिकाको सहयोग र साहास लघुउद्यम कृषि सहकारी संस्था लि.को आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना ब्यवसायी बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गरिएको हो ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीज्यू, वडा नं ६ का अध्यक्ष हर्कविर माझी लगायतको उपस्थिति रहेको थियो ।