सिन्धुली – सिन्धुलीका स्थानीय पालिकाहरुमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन औपचारिक सुरु भएको छ । जिल्लाको मरिण गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्ष ०८०र०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेसँगै यसको सुरुवात भएको हो ।
मंगलबार गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेस्रो अधिवेशनमार्फत गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान “प्रख्यात”ले आर्थिक बर्ष ०८०र०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाले सभामा करिब ५६ करोड बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक बर्षको लागि ५५ करोड ९६ लाख ५१ हजार ८ सय १ रुयाको बजेट प्रस्तुत गरिन् । जसमा पूँजीगत तर्फ १४ करोड ६७ लाख ५५ हजार र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ रहेको छ ।
गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, रोजगा तथा सामाजिक सुरक्षाका क्षेत्रलाई प्राथमिकता दिइएको छ । विकास तथा पूर्वाधारका क्षेत्रमा खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।
गाउँपालिकामा चालु आर्थिक वर्ष ०७९र०८० मा ६५ करोडको बजेट विनियोजित भएकोमा यस वर्ष झण्डै १६ प्रतिशतले बजेट घटेर आएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीका अनुसार संघ र प्रदेश सरकारबाटै बजेट घटेर आएपछि गाउँपालिकामा पनि बजेटको आकार घटेको हो ।