सिन्धुली -जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा प्रभातफेरी तथा सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवश, २०८०को अवसरमा लागु औषध दुरुपयोग विरुद्धको ऐक्यबद्दताः व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता भन्ने मुल नारा सहित मरिण गाउँ कार्यपालिकाको कार्यालय परिसरबाट प्रभातफेरी सुरु भई कपिलाकोट माध्यमिक विद्यालय, छाप, महेश्वतामा गई अन्तरक्रिया सहित समापन भएको हो।
कार्यक्रममा सहभागिहिरुले कुनै किसिमको लागु औषधको प्रयोग, उत्पादन, भण्डार, ओसारपसार गर्दैनौं, अरु कसैलाई यस्तो गर्नका लागि प्रोत्साहन गर्दैनौं, त्यस्ता गतिविधिमा कोही कसैको संलग्नता भएको थाहा पाएमा प्रहरी लगायत सम्बन्धित निकायमा खवर गर्नेछौं भन्ने प्रतिवद्धता सहित हस्ताश्रर गरेका छन् ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझी, प्रमुख सेनानी विमल कुमार वाग्ले, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, उप- अ. निर्देशक रिवेन कुमार गच्छदार, स.प्र.ना.उ. दिनेश वस्नेत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु, शिक्षक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले गर्नुभएको थियो ।