Tuesday, November 18, 2025

मनसुन फैलने क्रम सुस्त

काठमाण्डाै – अहिले देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी थोरै पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । देशका मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी यथावत् नै छ । यी क्षेत्रमा भोलिसम्म नै तातो हावा ‘लू’ चल्ने अनुमान छ ।

अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ भने बाँकी ठाउँमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गएको जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन भित्रिएको थियो । मनसुन क्रमिकरुपमा फैलिरहेको र यो देशभर फैलिन अझै केहि दिन लाग्ने महाशाखामा मौसमविद् झाले जानकारी दिनुभयो ।

‘मनसुन सुस्त गतिमा छ, पश्चिमतिर फैलिन केही दिन लाग्छ, उहाँले भन्नुभयो,‘मनसुन प्रणाली केही कमजोर रहे पनि केही ठाउँमा पानी पर्नेछ ।’ मनसुन फैलिन अनुकूल अवस्था नहुँदा पश्चिमतिर फैलिन नसकेको मौसमविद्को भनाई छ ।

Hot Topics

Related Articles