Saturday, July 13, 2024

नौ हजार रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया नौ हजार रुपैयाँ घुससहित पक्राउ पर्नुभएकाे छ ।  

हिजाे कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई नौ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अन्तिम अपडेट: असार २, २०८०

spot_img

Hot Topics

Related Articles